सुनको मूल्य तोलामा १६ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघअनुसार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख १०० रुपैयाँ कायम भएको छ ।

महासंघले चाँदीको मूल्य १ हजार ३८५ रुपैयाँ तोकिएको छ । मंगलबार एक लाख २ हजार २ सयमा छापावाल, एक लाख एक हजार ६०० रुपैयाँमा तेजावी र १ हजार ४२० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

७,बैशाख.२०७९,बुधबार ११:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्