काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

निजी क्षेत्र अनुकूल प्रविधिमैत्री नीति बनाउने सञ्चारमन्त्री कार्कीको प्रतिबद्धता

4.11K
shares
khanepani bord

काठमाडौं । सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २७ औँ संस्करण बुधवार वाट काठमाडौंमा सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मेलाको उद्घाटन गर्दै सरकारले निजी क्षेत्रलाई अनुकूल हुने गरी प्रविधिमैत्री नीति बनाउने प्रतिबद्धता जनाए । सरकारले व्यवस्थापनका काम अटोमेसन बनाउँदै लगेको जानकारी दिँदै उनले आगामी दिनमा सबै सरकारी काम डिजिटलाइजेसन हुने बताए ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यका साथ वार्षिक रूपमा क्यान इन्फोटेक आयोजना गरिएको आयोजकले जनाएको छ ।

क्यान इन्फोटेक आगामी छ दिनसम्म चल्ने छ । क्यान इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्टम्यानेजमेण्ट, ई–गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतलाई राखिएको छ ।

IME
khanepani