काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

सिद्धार्थनगरको मेयरमा राप्रपाबाट राणा सर्वसम्मत

4.38K
shares
khanepani bord

रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सागर प्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । उनी २०५४ सालमा सोही नगरपालिकामा मेयर बनेका थिए ।

राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समिति समितिले सर्वसम्मत रुपमा नगर प्रमुखको उम्मेदवारमा सिफारिस गरेको पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक अजयकुमार गुप्ताले बताए ।

राप्रपा नेता दीपक बोहोराको निर्वाचन क्षेत्रमा रहेको यो नगरपालिकामा कांग्रेस र जसपाले अलग अलग उम्मेदवार खडा गरेका छन् । अघिल्लो पटक एमालेले जितेको यो पालिकामा एमाले, कांग्रेस, जसपा, राप्रपाको बलियो प्रतिस्पर्धा छ ।

IME
khanepani