काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

झलनाथको आरोप, कांग्रेसले राष्ट्रिय उद्योग र कलकारखाना देख्नै नहुने, बेचेर सिध्याइदियो

4.64K
shares
khanepani bord

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन् ।

इलामको माइजोगमाई गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सत्य तीतो भए पनि कांग्रेसले देशका उद्योग र कलकारखाना सिध्याएको आरोप लगाए ।

खनालले भने, ‘कांग्रेसको विरोध गर्‍यो भन्नुहोला तर कांग्रेसका साथीहरूले पनि स्वीकार गर्नुपर्छ । कृषि औजार कारखाना, छालाजुत्ता, कपडा जस्ता राष्ट्रिय कलकारखाना कांग्रेसले देख्नै नहुने । सबै सिध्याएर आज हामीलाई परनिर्भर बनाइएको छ । वास्तवमा यो देश गरिब हुने देश नै होइन,गरीव बनाइएको हो ।’

खनालले अहिलेको पाँच दलीय गठबन्धन केपी ओलीको तानाशाही प्रवृतिलाई परास्त गर्न बनेको भन्दै आउने चुनाव प्रतिगमनविरुद्धको निर्णायक लडाइँ हुने बताए ।

IME
khanepani