गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै, पार्टी स्थापना दिवस पारेर कार्यालय पनि सारिँदै

4.47K
shares
khanepani bord

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी स्थापना दिवसको अवसर पारेर आज आगामी स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दैछ । त्यस्तै सोही अवसरमा थापाथलीमा रहेको पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानान्तरण हुनेछ । आज नेकपा एमालेको ७४ औं स्थापना दिवस हो ।

पार्टी कार्यालय स्थानान्तरण र घोषणापत्र सार्वजनिकसँगै एमालेले १७ जना कम्युनिस्ट योद्धाहरुलाई सम्मान पनि गर्ने कार्यक्रम तय गरेको छ ।

भव्य समारोहबीच हुने कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

IME
khanepani