राष्ट्रिय खेलकुद परिषद राखेपको बोर्ड बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप)को बोर्ड बैठक आज बस्दैछ । नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो बोर्ड बैठक हुनेछ ।

नयाँ ऐन लागू भएको झण्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही बैशाख सुरुमा राखेपबाट युवा तथा खेलकुद मन्त्रालयमा पत्राचार गरिएको थियो । त्यसै अनुसार आज सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा बोर्ड बैठक बस्न लागेको हो । तर राखेपले उच्च अदालतबाट पुनर्स्थापित राखेपका सदस्यलाई भने सहभागी नगराई बोर्ड बैठक गर्ने भएको छ ।

२०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागू भएयता बैठक बस्न नसक्दा राखेप नेतृत्वको आलोचना भइरहेको थियो । तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवाललाई ऐनअनुसार राखेप बोर्ड बैठक नबोलाएको भन्दै सरकारले गत कात्तिक १ गते बर्खास्त गरेको थियो ।

राखेपको बोर्ड बैठक २०७५ चैत १५ गतेयता बस्न सकेको छैन । त्यतिबेला आठौं राष्ट्रिय खेलकुदका लागि आवश्यक निर्णय गर्न बैठक बोलाइएको थियो ।

९,बैशाख.२०७९,शुक्रबार ०९:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्