काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु

5.2K
shares
khanepani bord

काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बिहीबार राति रोकिराखेको जिपमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कालिकोट घर भइ कोटेश्वर बस्ने २० वर्षीय धर्मेन्द्र बम रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा पेप्सिकोला स्थित मदर ल्याण्ड अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार कैलालीका १८ वर्षीय जगदिश शाहीको काठमाण्डौ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जडिबुटीबाट पेप्सिकोलातर्फ जाँदै गरेको बा ३९ प ५१८० नम्बरको मोटरसाइकल गएराती पौने १० बजे सडक छेउमा रोकिराखेको बा २१ च ८८९५ नम्बरको जिपमा ठोक्किएको थियो ।

जिप चालकलाई प्रहरी प्रभाग काँडाघारीले नियन्त्रणमा लिएको छ ।

IME
khanepani