काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

गाउँपालिका अध्यक्षमा उठ्न हेलम्बुका अध्यक्षले दिए राजीनामा

4.68K
shares
khanepani bord

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले राजीनामा दिएका छन् । पुन: गाउँपालिकाको अध्यक्षमा उठ्न शेर्पाले अध्यक्षबाट राजीनामा दिएका हुन् ।

उनी कांग्रेसबाट निर्वाचित भएका थिए ।

निर्वाचन आचार संहिता २०७८ मा भएको व्यवस्थाअनुसार आउँदो चुनावमा उम्मेदवारी दिन पदवाट राजीनामा दिनुपर्ने भएकाले आजदेखि लागू हुने गरी गाउँपालिका उपाध्यक्ष कोपिला पण्डितलाई उनले राजीनामा बुझाएका छन् ।

राजीनामा पत्रमा भनिएको छ,‘ हेलम्बु गाउँपालिकाको अध्यक्ष म निमा ग्याल्जेन शेर्पा स्थानीय तहको निर्वाचन २०७३ ले व्यवस्था गरे अनुसार २०७४ साल मा निर्वाचित भइ हालसम्म सोही पदमा कायरत रहेको र स्थानीय निर्वाचन आयोगले निर्वाचन आचार संहिता २०७८ सार्वजनिक गरेको हुँदा आगामी चुनाव २०७९ मा उम्मेद्वारी दिनको लागि आचारसंहिता २०७८ राजपत्रमा प्रकाशित भए अनुसार उक्त पदवाट राजीनामा दिनु पर्ने व्यवस्था बमोजिम मिति २०७१।०१।०९ गते देखि लागू हुने गरी अध्यक्षको पदवाट राजीनामा दिएको छु ।’

IME
khanepani