काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

कडाइ गर्दा पनि घटेन आयात, १६ खर्बको वैदेशिक व्यापारमा १३ खर्ब घाटा

4.13K
shares
khanepani bord

काठमाडौं । सरकारले विदेशी बस्तु आयातमा कडाइ गर्दा पनि व्यापार घाटा वृद्धि हुँदै गइरहेको छ । सरकारले धेरै बस्तुको आयातमा कडाइ र केही बस्तुको आयात रोक्दा पनि व्यापार घाटा वृद्धि हुँदै गएको हो ।

चालू आर्थिक वर्षको ९ महिनासम्ममा नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैतसम्म महिनासम्मको तथ्याङ्क अनुसार ९ महिनामा नै १३ खर्ब बढीको व्यापार घाटा भएको छ ।

गत वर्षको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख रुपैयाँ रहेको थियो । सरकारले आयात कडाइ गर्दा पनि ३ खर्बले व्यापार घाटा वृद्धि भएको छ ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । चालू आवको नौ महिनामा साढे १४ खर्ब बढीको आयात हुँदा २८ दशमलव ४७ प्रतिशतले व्यापार घाटा बढेको हो ।

चालू आवको नौ महिनामा नेपालले १३ खर्ब ६ अर्ब ८९ करोड बढीको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालले १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तै गरी चालू आवको नौ महिनामै नेपालको वैदेशिक व्यापार ३४ दशमलव ९१ प्रतिशतले बढेको छ । यस अवधिमा १६ खर्ब २७ अर्ब २३ करोड ४९ लाख रुपैयाँ बराबरको पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १२ खर्ब ६ अर्ब १६ करोड २५ लाख बराबरको वैदेशिक व्यापार भएको थियो ।

चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ६९।४४ प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । ९ महिनामा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाखको नेपाली बस्तु विदेश गएको छ ।

गत आर्थिक वर्षको ९ महिनामा नेपालबाट ९४ अर्ब ७६ करोड ७१ लाख बराबरको बस्तु निर्यात भएको थियो ।

२ खर्बको पेट्रोलियम पदार्थको आयात

चालू आबको ९ महिनासम्म २ खर्ब बराबरको पेट्रोलियम पदार्थको आयात नेपाल आएको छ । भने, सोही समयमा डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यास गरी १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार बराबरको पेट्रोलियम पदार्थको आयात गरेको हो ।

सबैभन्दा बढी १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको डिजेल, ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार बढीको पेट्रोल र ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार बढीको खाना पकाउने एलपी ग्यासको आयात भएको छ ।

नेपालबाट ४५ अर्बको सोयाविन तेल निर्यात

९ महिनाको समयमा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल नेपालबाट विदेश निर्यात भएको छ । त्यस्तै, ३२ अर्ब ४ करोड ७८ लाख बराबरको पाम तेल नेपालबाट निर्यात भएको छ ।

IME
khanepani