काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

देउवाको वडामा चुनाव लड्न शिक्षकले दिए राजीनामा

4.37K
shares
khanepani bord

डडेल्धुरा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह वडामा चुनाव लड्न एक शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोलाका शिक्षक चन्द्रबहादुर देउवाले वडा अध्यक्षमा चुनाव लड्न राजीनामा दिएका हुन्।

चन्द्रबहादुर २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए। उनकाे राजीनामा बिहीबारदेखि नै स्वीकृत भई लागू भएको शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका इकाई प्रमुख नारदप्रसाद जोशीले जानकारी दिए।

यस्तै, जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐरले पनि वडाअध्यक्षमा चुनाव लड्न राजीनामा दिएका छन्। २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ।

उनको राजीनामा आइतबारदेखि लागू हुने इकाई प्रमुख जोशीले बताए। ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ।

IME
khanepani