काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

दैलेखको नौमुलेमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल, कांग्रेस एक्लै भिड्ने

5.04K
shares
khanepani bord

सुर्खेत । दैलेखको नौमुलेमा माओवादी र नेकपा एसबीच मात्रै चुनावी तालमेल हुने भएको छ । उनीहरुले कांग्रेसको हैकमवाद नमान्ने भन्दै दुई दलबीच मात्रै चुनावी तालमेल गर्ने निष्कर्ष निकालेका हुन् ।

दुई दलले संयुक्तरुपमा शनिबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नौमुलेसंग स्वस्थ रुपमा मित्रवत ढंगले प्रतिस्पर्धा गर्ने गरी दुई दलिय गठबन्धनको तर्फबाट छुट्टै उम्मेदवार दर्ता गर्ने जानकारीसहित यो संयुक्त प्रेस बिज्ञप्ती जारी गरिएको छ ।’

विज्ञप्तिमा माओवादीका तर्फबाट अध्यक्ष छवि सुवेदी र नेकपा एसबाट अध्क्ष कृष्णबहादुर सलामीले हस्ताक्षर गरेका छन् ।

यहाँ कांग्रेस एक्लै चुनाव भिड्दैछ ।

IME
khanepani