मेलम्चीको पानी वितरण सुरुः राजधानीका यी ठाउँमा मेलम्चीको पानी आउने ?

काठमाडौं । काठमाडौंमा मेलम्चीको पानी वितरण सुरु भएको छ । खानेपानी तथा सरसफाइमन्त्री मन्त्री उमाकान्त चौधरीले आइतबार काठमाडौंको मीनभवनस्थित पानी ट्यांकीबाट पानीको वितरण सुरु गरेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रवक्ता प्रकाश राईका भन्छन,- ‘मीनभवन, खुमलटार र महाँकाल चौरको ट्यांकीबाट पानीको वितरण सुरु भएको छ । क्रमैसँग केही दिनभित्रै सबै पानी ट्यांकीबाट मेलम्चीको पानीको वितरण सुरु हुने छ ।

‘५ करोड लिटर पानी वितरण थालिएको हो,’ उनले भने,’अहिले काठमाडौंमा दैनिक १५ करोड लिटर पानीको वितरण सुरु भएको छ ।’

केयूकेएलको मीनभवन शाखाका अनुसार आज विहान ९ देखि ११ बजेसम्म पानी वितरण गरिएको थियो । प्रवक्ता राईका अनुसार केयूकेएलका शाखाहरुले आफैंले तालिका बनाएर पानी आउने समय सार्वजनिक गर्नेछन् ।’ अनामनगर, बाँसबारी, महाराजगञ्ज, बालाजु, खुमलटार, कीर्तिपुर, थिमिको तिगेरी र कटुन्जे पानी ट्यांकीबाट पनि केही दिनमा मेलम्चीको पानीको वितरण सुरु हुनेछ ।’

केही दिनमै दैनिक एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण हुनेछ । गत वर्ष परीक्षा भइसकेका मेलमचीको धारासहित अन्य परीक्षण सकिएका धारामा मेलम्चीको पानी आउनेछ भने नयाँ धाराको निर्माण भइनसकेको र परीक्षण नभएको घरमा पुरानै धारामा पानी आउने केयूकेएलले जनाएको छ ।

११,बैशाख.२०७९,आईतवार १३:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्