काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

विराटनगरमा स्वतन्त्रबाट जितेका वाग्लेले फेरि दिए वडाध्यक्षमा उम्मेदवारी

4.63K
shares
khanepani bord

विराटनगर । अघिल्लो स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट विराटनगर महानगरपालिका– १० को वडाध्यक्ष जितेका माधवराज वाग्लेले पुनः सोही पदमा उम्मेदवारी दर्ता गरेका छन् । शुक्रबार पदबाट राजीनामा दिएका उनले यो पटक पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचन अघि नेकपा एमालेमा आबद्ध रहेका वाग्लेले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर अध्यक्ष जितेका थिए ।

३० वैशाखमा हुने निर्वाचनमा उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराउँदा वडा नम्बर १० को खुला सदस्यमा मोहनप्रसाद साह र वीरेन्द्रबहादुर खड्काले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

आइतबार दिउँसो १२ बजेसम्म स्थानीय तह निर्वाचनका लागि विराटनगर महानगरपालिकाका दुई वडामा पाँच जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर १० मा तीन जना र वडा नम्बर ९ मा दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

विराटनगर-९ को अध्यक्षमा नेपाल सद्भावना पार्टीको तर्फबाट किशोरकुमार कलवारले मनोनयन दर्ता गरेका छन् भने खुला सदस्यमा गणेशकुमार मोदीले उम्मेदवारी दर्ता गरेका छन् ।

IME
khanepani