काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

विदेशबाट आउने पार्सलभित्र गाँजा र चरेसका चकलेटदेखि एम्फेटामिन ट्याबलेट

5.2K
shares
khanepani bord

काठमाडौँ । विदेशबाट हुलाकमार्फत आउने पार्सलमा गाँजा र चरेसका चकलेटदेखि एम्फेटामाइनका ट्याबलेटसम्म भेटिएको छ।

लागुऔषध नियन्त्रण ब्युरोले गाँजा र चरेसबाट बनेका करिब साढे ४ केजी क्यान्डी चकलेट र १७० ग्राम तौलका एम्फेटामाइनका ५ सय थान ट्याबलेट बरामद गरेको छ ।

प्रहरीका अनुसार गत फागुन ११ गते गोश्वारा हुलाक कार्यालय, डिल्लीबजारमा बेलायतबाट पठाइएको चकलेट बक्सको अनुसन्धान गर्दै जाँदा वीरगञ्जका २२ वर्षीय राजशिखर गुप्ता पक्राउ परेका छन् ।

उक्त पार्सल गुप्ताको नाममा बेलायतबाट पठाइएको थियो। अनुसन्धानका क्रममा गुप्ताको कोठाबाट एम्फेटामाइनबाट बनेका ट्याबलेटहरु रहेको बक्ससमेत फेला परेको थियो। उक्त बक्स भने जर्मनीबाट पठाइएको व्युरोको दाबी छ ।

IME
khanepani