काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

हार्डवेयर गोदाममा आगलागी, ७ कराेड ५० लाख बराबरकाे क्षति

4.38K
shares
khanepani bord

भक्तपुर । भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका– ५ कमेरोटारस्थित ग्रीन सी ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा आइतबार राति आगलागी हुँदा ७ कराेड ५० लाख बराबरकाे क्षति भएकाे छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार राति ९:१० बजे मध्यपुर थिमि नपा– ६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सी ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगाे लागेकाे थियाे । आगलागी खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकलको सहयोगमा साेमबार बिहान २:३० बजेमात्रै आगो नियन्त्रणमा आएको भक्तपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट गोदामभित्र रहेको ट्वाइलेट, बाथरुम, पाइपका सामानसँगै अन्य हार्डवेयरका सामान जलेर नष्ट भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेले बताए । उनका अनुसार के कसरी आगलागी भएकाे यकिन हुन सकेकाे छैन ।

IME
khanepani