काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

टोखा मेयरमा विवेकशील साझाबाट लक्ष्मण सिटौलाको उम्मेदवारी

4.07K
shares
khanepani bord

काठमाडौं । टोखा नगरपालिकाको प्रमुखमा विवेकशील साझा पार्टीबाट लक्ष्मण सिटौलाले उम्मेदवारी दर्ता गरेका छन् । मनोनयन दर्ताको पहिलो दिन आइतबार नै उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनको एक नम्बरमा दर्ता भएको छ ।

सुवास सिटौला प्रस्तावक र हरिकृष्ण श्रेष्ठ समर्थकमा उनले मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

मनोनयन दर्ता गर्न उनी सांस्कृतिक झाँकीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । विवेकशील साझाका केन्द्रीय सदस्य समेत रहेका सिटौलाले आफूलाई जनसमर्थन प्राप्त रहेकाले चुनाव जित्ने दाबी गरे ।

३३ वर्ष नेपाल वायुसेवा निगममा रहेर राष्ट्रसेवा गरेका उनका देश विकास र समृद्धिसम्बन्धी एक हजार चार सय लेख प्रकाशित गरेका छन् ।

IME
khanepani