म्याग्दीमा हुन सकेन गठबन्धन : एक्ला एक्लै गराए मनोनयन दर्ता

म्याग्दी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको एक स्थानीय तहबाहेक अन्यमा सत्ता गठबन्धनबीच चुनावी तालमेल हुन सकेन ।

भागवण्डामा सहमति नभएपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रले एक्ला एक्लै उम्मेदवारी दर्ता गराएका छन् ।

सोमबार अन्तिम समयसम्म पनि बैठक बस्दा भागबण्डा नमिलेपछि गठबन्धन असफल भएको थियो ।

म्याग्दीको धवलागिरी गाउँपालिका बाहेक अन्य स्थानीय तहमा दलहरु एक्लै प्रतिस्पर्धामा गएका छन् ।

बेनी नगरपालिकाको मेयर उपमेयरमा तालमेल नभए पनि वडा नंं ६, २, ८, ९ र १ नम्बर वडामा गठबन्धन भएको छ ।

त्यस्तै अन्नपूर्णमा माओवादीले दुई वडा सदस्य लिएर तालमेल गरेको छ ।

मंगलामा सहमतिको प्रयास भए पनि अन्तिम समयमा कुरा नमिल्दा माओवादीले अध्यक्षमा टेकबहादुर विक र उपाध्यक्षमा सुकमाया रोकालाई उठाएको छ ।

म्याग्दीका कुन पालिकामा को-को भए उम्मेद्‍वार ?

बेनी नगरपालिका

नेपाली कांग्रेस

मेयर : चिरञ्जीवी शर्मा

उपमेयर : अमृतदेवि बानियाँ

नेकपा एमाले

मेयर : सुरत केसी

उप मेयर : पशुपति शाही

नेकपा माओवादी

मेयर : धनिलाल जैसी

उपमेयर : ज्योती लामिछाने

राप्रपा

मेयर : मिना कुमारी शर्मा सापकोटा

उपमेयर : एकेन्द्र बहादुर रावल

रघुगंगा गाउँपालिकामा

नेपाली कांग्रेस

अध्यक्ष : भब बहादुर भण्डारी

उपाध्यक्ष : प्रेम कुमारी पुन

नेकपा एमाले

अध्यक्ष : प्रेमबहादुर कार्की

उपाध्यक्ष : यामकुमारी पुन

नेकपा माओवादी

अध्यक्ष : मिना विक

उपाध्यक्ष : रिम कटुवाल

मालिका गाउँपालिका

नेपाली कांग्रेस

अध्यक्ष : श्रीप्रसाद रोका

उपाध्यक्ष : पिपला बुढा मगर

नेकपा एमाले

अध्यक्ष : बेगप्रसाद पुन

उपाध्यक्ष : लक्ष्मीदेवी पुन

नेकपा माओवादी

अध्यक्ष : सुविन जुग्जाली

उपाध्यक्ष : गौरी सेन्चुरी

मंगला गाउँपालिका

नेपाली कांग्रेस

अध्यक्ष : बिरेद्र बुढाथोकी

उपाध्यक्ष : शर्मिला थापा

नेकपा एमाले

अध्यक्ष : सतप्रसाद रोका

उपाध्यक्ष : पेमा अधिकारी

नेकपा माओवादी

अध्यक्ष : टेकबहादुर विक

उपाध्यक्ष : सुकमाया रोका

अन्नपूर्ण गाउँपालिका

नेपाली कांग्रेस

अध्यक्ष : क्या. बलबहादुर तिलिजा

उपाध्यक्ष : ललिता तिलिजा पुन

नेकपा एमाले

अध्यक्ष : भरत पुन

उपाध्यक्ष : दिवा पुन

१२,बैशाख.२०७९,सोमबार १७:२५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्