काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

मेयरको टिकट खोसिएपछि बर्दिबास कांग्रेसमा बागी उठ्दै क्षेत्री

5.41K
shares
khanepani bord

महोत्तरी । बर्दिबास नगरपालिकाको मेयरमा कांग्रेसका दुईजनाले दाबी गरेका थिए । लामो समयदेखि चल्दै आएको विवादमा कांग्रेसले चिरञ्जीवी हमाललाई मेयरको टिकट दिएको छ ।

पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै अर्का आकांक्षी प्रल्हाद क्षेत्रीले भने स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनीहरू दुवैजना मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय बर्दिबासमा एकसाथ पुगेका थिए ।

बर्दिबास निर्वाचन कार्यालयका प्रमुख भुपेन्द्र सापकोटाका अनुसार एउटै पार्टीको दुई उम्मेदवारको मनोनयन दर्ता गर्न नमिलेपछि उनीहरू फर्किएका थिए ।

‘हामीले आधिकारिकता पुष्टि गर्न कांग्रेस पार्टीलाई पत्रचार गरेका थियौँ । अहिले हमालको आधिकारिकता भएको पुष्टि गरेको छ ´, उनले भने ।

IME
khanepani