गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार्‍यो : एमाले महासचिव पोखरेल

4.15K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र पनि बनाउन नसकेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उनले माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार गरेको बताए ।

‘माओवादी केन्द्रको हालत के छ भने उसले आफ्नो राष्ट्रिय चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियत पनि गुमाएको छ, उसको घोषणापत्र के हो भन्दा नेपाली कांग्रेसको छातामुनि चुनाव लड्ने भएपछि कांगेसको घोषणापत्र माओवादीको घोषणापत्र बन्न पुगेको छ’ उनले भने ।

माओवादी केन्द्र अब कांग्रेसको छत्र छायाँमा चुनाव लड्ने र कांग्रेसको सहयोगी दल बनेको महासचिव पोखरेलले बताए ।

IME
khanepani