काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

देउवाको गृहजिल्लामै अलग समूह बनाएर एमालेसँग तालमेल गरेपछि कांग्रेस नेता मल्ल निष्कासित

4.17K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं प्रदेश सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित भएका छन् ।

पार्टीको विधान विपरित गतिविधि गरेको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको हो ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ (संशोधन सहित) विपरितका गतिविधि मल्लबाट भएकाले सदस्यसमेत नरहनेगरी हटाइएको बताए ।

स्थानीय तह निर्वाचनमा उनले पार्टीको केन्द्रीय निर्देशनविपरित जिल्लामा नेकपा एमालेसँग गठबन्धन गरेर उम्मेदवार तय गरेका थिए ।

डडेल्धुरा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो । पार्टी सभापतिकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका हुन् ।

IME
khanepani