निर्वाचन आयोगले आज र भोलि उजुरीमाथि छानबिन गर्ने
वि.सं.२०७९ वैशाख १४ बुधवार ०९:४१
shares

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ ।
हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।
स्थानीय तहका करिब ३५ हजार पदका लागि झण्डै दुई लाख मनोनयन परेको निर्वाचन आयोगले जनाएको छ।























