गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

मर्जर तोडेका हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकको लाभांश रोक्का हुने

5.08K
shares
khanepani bord

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई कारबाही गरेको छ । मर्जर तोडेको भन्दै राष्ट्र बैंकले यी दुई बैंकहरूलाई कारबाही गरेको हो ।

दुई बैंकबीच मर्जरमा जाने सहमति भएको थियो । तर मर्जर सम्पन्न नभइ भाँडियो । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले दिएको जानकारी अनुसार दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का भएको छ ।

गत वर्षको वैशाख ३० गते मर्जरमा जाने सहमति गरेका दुई बैंक करिब एक वर्षसम्म पनि मर्जरमा नगएपछि राष्ट्र बैंकले कारबाही स्वरुप दुवै बैंकका आधारभूत सेयरधनीको कारोबार र लाभांश रोक्का गरेको हो ।

दुवै बैंकलाई पुनः अर्को संस्थासँग मर्जरमा जान समेत राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशन पछि हिमालयन बैंकले मर्जरका लागि छलफल समेत अघि बढाएको छ ।

IME
khanepani