काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

भरतपुरका बागी उम्मेदवारलाई भेटेपछि राज्यमन्त्री श्रेष्ठले भने, ‘उहाँ सकारात्मक हुनुहुन्छ’

4.13K
shares
khanepani bord

काठमाडौं । राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरमा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालविरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेललाई भेटेका छन् ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरस्थित पौडेलकै घरमा पुगेर राज्यमन्त्री श्रेष्ठले उम्मेदवारी फिर्ताबारे छलफल गरेका हुन् । छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै राज्यमन्त्री श्रेष्ठले जगन्नाथ पौडेल सकारात्मक रहेको बताए ।

‘उहाँ पोजेटिभ हुनुहुन्छ । थप कुरा हुन्छ त्यसपछि निर्क्यौल हुन्छ,’ राज्यमन्त्री श्रेष्ठले भने, ‘गृहमन्त्री पनि आउँदै हुनुहुन्छ उहाँसँग पनि कुरा हुन्छ, छलफलपछि निचोड निस्किन्छ ।’

राज्यमन्त्री श्रेष्ठले आफू चितवनबाटै पार्टी केन्द्रीय सदस्य भएकोले पार्टीमा समस्या परेकोबेला समाधान गर्न जिल्ला आएको बताए । अझै ४ दिनसम्म चितवनमै रहने उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले भेटेपछि पौडेललाई भेट्न गृहमन्त्री बालकृष्ण खाँण पनि उनको निवास जाँदैछन् ।

IME
khanepani