राजनितिक पहुँचमा गैरेले आफैले बेचेको जग्गामा अवरोध गरे, सरोकार निकाय किन मौन ?
वि.सं.२०७९ वैशाख १५ बिहीवार १४:३८
shares

काठमाडौं । आफै धामी आफै बोक्सी भन्ने एउटा उखान नेपालीहरु वीच निक्कै चर्चामा रहेको छ । यहि उखानसँग मिल्ने काम गरेका छन कृष्णश्याम गैरेले । उनले आफैले करोडौमा बेचविखन गरेको जग्गामा घर नबनाउन समेत अनेक तिकडम गर्दै आएको समाचार स्रोतको दावी छ ।
काठमाडौं महानगरपालिका अलौकिक नगरमा यस्तै एउटा घटना भएको छ । अलौकिक नगर निवासी कृष्ण श्याम गैरेले आफैले सारदा केसीलाई दुई कित्ता जग्गा बेचेका थिए । केसीले घर निर्माण गर्नलाई उक्त जग्गा खरिद गरेकि थिइन । सो जग्गामा निर्माण गरिएको एउटा पुरानो संरचना समेत थियो । सो संरचना केसीले भत्काएर नयाँ घर निर्माण गर्न आवश्यक कानुनि प्रक्रिया पुरा गरेपछि गैरेले घर निर्माणको प्रक्रिया नै रोक्न अनेक जालझेल समेत गरेको कागजातहरुमा देखिएको छ ।
काठमाडौं महानगरपालिकाबाट नक्सा पास भएपछि केसीले घर निर्माण कार्य गर्दा गैरेले प्रहरी प्रशासन, स्थानिय निकाय, केहि राजनितिक पहुच समेत प्रयोग गरेर घर निर्माण रोक्ने प्रयास गरेका थिए ।
महानगरपालिकाले उनले बेचेको जग्गामा जग्गा किन्ने जग्गा धनीले घर निर्माण गर्न सक्ने व्यहोराको फैसाला गरेको छ । यसै फैसलाको आधारमा जग्गाधनी केसीले घर निर्माण गर्न थालेको स्थानीयहरुको भनाइ रहेको छ ।
पूर्ब जग्गा धनीले जग्गाको क्षेत्रफल समेत झुट्टो बोलेर बेचेको देखिन्छ । जग्गा पुर्जामा ५ आना दुई दाम रहेको छ भने फिल चेकजाँच गर्दा ४ आना दुई पैसा दुई दाम मात्र रहेको छ । त्यसैले गैरेले कृत्ते जालशाछी समेत गरेका छन । उनी अलौकिक टोल सुधार समितिको सचिव पनि हुन ।
उनी एउटा स्कुलका शिक्षक समेत हुन । टोलको सुधारक, विद्यालयको शिक्षक जस्तो जिम्मेवार व्यक्तिले आफैले बेचविखन गरेको जग्गामा बनेको संरचना निर्माणमा अबरोध गर्न नैतिकरुपमा मिल्छ कि मिल्दैन ? प्रश्न निक्कै पेचिलो बन्दै गएको छ । सावला छ, उनले आफ्नो घरको ढल र पानीमा समेत केसीले अवरोध गरेको भन्ने उनको भनाई समेत विरोधाभास देखिएको छ ।
आफुले चलन चल्ती गरेको ढल र पानी भएको आफ्नो जग्गा करोडौ रुपयाँमा अर्को मानिसलाई बेचविखन गर्न मिल्छ कि मिल्दैन ? उनले आफु राजनितिक, सामाजिक र आर्थिकरुपमा सम्पन्न भएकै कारण अनाहकमा अरुलाई दुःख दिन उनले जानी बुझीकनै जग्गा बेचेको देखिन आएको छ । त्यसैले यस्ता सामाजिक सेवाका रुपमा समाजकै मानिसलाई दुख दिने गरेका कारण गैरे कानुनी, व्यवहारीक र सामाजिकरुपमा समेत दण्डनिय देखिएका छन ।
यसै सम्बन्धमा गैरेसँग सम्पर्क गर्दा आफु प्रलोभनमा परेको कारण जग्गा बेचेको कुरा जिकिर गरेका छन । उनी जस्ता समाजका बौद्धिक व्यक्ति कसरी प्रलोभनमा परे आश्चार्यको कुरा छ । उनले भनेका छन, आफुले जग्गा बेचेकै हो । यो जग्गा बेच्नु गल्ती भएको स्वीकार समेत गरेका छन ।























