नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको न्यायधीश सपना मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो ।

मंगलबार सुनुवाई नसकिएपछि गभर्नरको रिट निवेदनको सुनुवाइ आजका लागि सरेको थियो । मंगलबार सो रिट हेर्दाहेर्दैमा राखिएको थियो ।

मंगलबार न्यायाधीशहरु सपना प्रधान मल्ल तथा टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ सुरु भएको थियो । तर समय अभाका कारणले हेर्दाहेर्दैमा राखिएको थियो ।

अर्थमन्त्रीले सरकारलाई सहयोग नगरेको र गोप्य सूचना बाहिर दिएको भनेर निलम्बलको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए ।

तर गभर्नर अधिकारीले गैरकानुनी रुपमा आफूमाथि छानबिन समिति गठन गरी निलम्बन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले उनलाई अल्पकालिन आदेश दिएर काममा फर्काएको थियो ।

१५,बैशाख.२०७९,बिहीबार ११:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्