चामलको बढ्दो आयात घटाउन उन्नत जातको बिउ कृषकलाई दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी जेठ–असारमा धान रोप्ने किसानलाई उन्नत जातको बिउ उपलब्ध गराउन निर्देशन दिएका छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र मातहतको कृषि अनुसन्धान परिषद् (नार्क), खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय तथा मातहतको गुणस्तर तथा नापतौल विभागसँग अर्थ मन्त्रालयमा धानको उत्पादन वृद्धि, क्वारेन्टाइनको व्यवस्थित संचालन र गुणस्तर प्रमाणिकरणका बिषयमा छलफल गरेको थियो ।

सो छलफलमा अर्थमन्त्री शर्माले चामलको बढ्दो आयातलाई यसै बर्षदेखी घटाउनुपर्ने दबाब रहेको बताए । ‘दुई महिनादेखी मैले धानको उन्नत बिउ किसानलाई बाँँड्ने योजना ल्याउनु भनिरहेको छु । तर तपाईहरु ९कृषि मन्त्रालयका कर्मचारी० ले चासो नै दिनुभएको छैन’ उनले भने ।

‘उन्नत बिउका लागि अनुदान दिनुपर्छ भने कति पैसा चाहिने हो भने भन्नुस, हामी दिन्छौं । थोरै पैसा खर्च गर्दा अरबौंको चामल आयात घटाउन सकिने देखिएको छ’ अर्थमन्त्री शर्माले भने ।

छलफलमा अर्थसचिव मधुकुमार मरासिनीले व्यवसायीलाई बोलाएर बिउ आयात गर्न प्रोत्साहित गर्नुपर्ने बताए । ‘सरकारले बोलाएर काम दियो भने उनीहरु उत्साहित हुन्छन्’ सचिव मरासिनीले भने ।

छलफलमा कृषि सचिव डा। गोबिन्द शर्माले उन्नत जातको बिउ आयात गर्ने व्यवसायीसँग निरन्तर छलफल गरी सुचिकृत गुणस्तरको बिउ ल्याउन निर्देशन दिइसकेको बताए । धानको उत्पादकत्व औषतमा ३.५ मेट्रिक टन प्रति हेक्टर रहेको जानकारी दिदै उन्नत जातको बिउ बितरण गरे उत्पादनमा धेरै सुधार हुने जानकारी दिए ।

१५,बैशाख.२०७९,बिहीबार १२:४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्