काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

ललितपुरमा एमालेको योजना- ७० कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र नगरपालिकाबाटै हेरचाह

4.51K
shares
khanepani bord

ललितपुर । नेकपा एमालेबाट ललितपुर महानगरपालिका मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ७० वर्ष उमेर पुगेका महानगरवासीलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने घोषणा गरेका छन् ।

नेकपा एमाले ललितपुर महानगर कमिटीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आसन्न निर्वाचनमा आफूहरु निर्वाचित भएसँगै ज्येष्ठ नागरिकका हितमा थुप्रै काम गर्ने बताए ।

ब्यन्जनकारले भने–ज्येष्ठ नागरिक राष्ट्रका ढुकढुकी भएकाले हामीले उहाँहरुको स्वास्थ्यलाई ध्यानमा राखी बिना शुल्क औषधीउपचारको व्यवस्था गर्ने निर्णय गरिसकेका छौं ।

सो उमेरका नागरिकले केबल सन्तानको भर पर्नु पर्ने भएकालेले आवश्यक समस्यमा परिवारका सदस्यले आफ्नै कामकाजका कारण पर्याप्त ध्यान ध्यान दिन नसक्ने कुरालाई मध्यनजर गरी स्थानीय सरकारले सो जिम्मेवारी बहन गर्ने योजना बनाएको उनले बताए ।

यसैगरी सो महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार मञ्जली शाक्य (आस्था) ले प्रत्येक नगरवासीको समस्या समाधान गर्ने दायित्व नगर प्रमुखका साथै उपप्रमुखको समेत रहेको भन्दै महानगरमा स्वच्छ तथा सन्तुलित वातावरण कायम गराउने बताइन् ।

IME
khanepani