काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

अधिनायकवादबाट लोकतन्त्र जोगाउन नेपाल र अमेरिकालाई एकअर्काको आवश्यकता पर्छ : राजदूत बेरी

4.65K
shares
khanepani bord

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरीले अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने बताएका छन् ।

संयुक्त राज्य अमेरिका र नेपालबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५औँ वर्षगाँठको अवसरमा राजदूत बेरीले एक वक्तव्य जारी गर्दै जलवायु संकटलाई सम्बोधन गर्न र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउन दुई मुलुकलाई एकअर्काको आवश्यक्ता पर्ने धारणा सार्वजनिक गरेका हुन् ।

‘जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यता नै यस बहु-पुस्ताको अमेरिका-नेपाल सम्बन्धको जग हो,’ राजदूत बेरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘आजको दिनमा जलवायु संकटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्याहरूलाई समाधान गर्नका लागि हामीलाई पहिलेभन्दा बढी एकअर्काको आवश्यकता छ ।’

उनले यसका लागि एकअर्कासँग मिलेर काम गर्न दुवै मुलुक उत्सुक रहेको र पुस्तौँदेखिको मित्रताले प्रतिफल दिँदै आएको स्मरण गर्दै भावी दिनमा पनि फलदायी हुने धारणा व्यक्त गरेका छन् ।

राजदूत बेरीले अमेरिकी जनताले नेपालीहरूलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादुरीका साथ सेवा गर्ने तथा कला र संस्कृतिको विशाल विविधतामार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसहरूका रूपमा चिन्ने गरेको उल्लेख गरेका छन् ।

उनले नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको सहयोगले दुई मुलुकबीचको साझेदारीको सशक्त परिणामलाई झल्काउने उल्लेख गरेका छन् । ‘सन् १९५० को दशकमा औलोले लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको थियो । यूएसएआईडीमार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रमलाई सहयोग गर्‍यो र सन् १९६८ भित्र औलोका बिरामीहरूको सङ्ख्या राष्ट्रव्यापी रूपमा २० लाखभन्दा बढीबाट २ हजार ४६८ मा झर्‍यो,’ विज्ञप्तिमा उल्लेख छ । उनले कोरोना महामारी सुरु भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई झन्डै ३८ लाख कोभिड–१९ खोपका मात्रा र १२ करोड ४८ लाख डलरभन्दा बढीको कोभिड सहायता प्रदान गरेको बताएका छन् ।

नेपाल सरकारले अनुमोदन गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपाल कम्प्याक्ट सम्झौताले नेपालमा ऊर्जा र यातायात क्षेत्रको आधुनिकीकरणमा मद्दत पुग्ने तथा त्यसले २ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग पुग्ने विश्वास राजदूत बेरीले व्यक्त गरेका छन् ।

अमेरिका नेपालको समृद्ध इतिहासको प्रशंसा गर्ने भन्दै उनले सांस्कृतिक संरक्षणका लागि राजदूत कोष नामक कार्यक्रमले विश्वभरका सांस्कृतिक सम्पदाको संरक्षणमा मद्दत गरिरहेको बताएका छन् । ‘झन्डै २० वर्षको अवधिमा यस कार्यक्रमले नेपालमा २५ ओटा सांस्कृतिक संरक्षण परियोजनालाई सहयोग गरी ३८ लाख डलरभन्दा बढी लगानी गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रमका परिणाममध्ये काठमाडौंको सुन्दर गद्दी बैठकको जीर्णोद्धार पनि पर्दछ ।’

IME
khanepani