गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

गठबन्धनबाहिरका दलसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय, नत्र कारबाहीको चेतावनी

5.14K
shares
khanepani bord

काठमाडौं । सत्तारुढ गठबन्धनले विभिन्न पदमा बागी उम्मेदवारी दिएकाहरूलाई तत्काल फिर्ता लिन पुन: निर्देशन दिएको छ ।

आज आसन्न स्थानीय चुनावअन्तर्गत मनोनयन फिर्ता लिने अन्तिम दिन हो ।

बिहान कांग्रेस सभापति एवं प्रधनमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको पाँचदलीय बैठकले यसअघि सहमति भएका ६ महानगर र ११ उपमहानगरका प्रमुख-उपप्रमुख पदमा भएको सहमति भएविपरितका दलबाट गरिएका उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

पाँच दलीय गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको तालमेल पनि तत्काल खारेज गर्न पाँच शीर्ष नेताहरूको हस्ताक्षरमा जारी विज्ञप्तिमा उल्लेख छ । पाँच दलले गठबन्धनबाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय पनि लिएको छ ।

IME
khanepani