काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

विवादपछि फुटबलको क्लोज क्याम्पमा अब ३२ खेलाडी, सी डिभिजन क्लबका पनि समावेश

5.23K
shares
khanepani bord

काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले एसिया कप छनोटको बन्द प्रशिक्षणमा शुक्रबार १७ जना खेलाडीलाई बोलाएसँगै बन्द प्रशिक्षणमा रहने खेलाडीको संख्या ३२ पुगेको छ ।

बन्द शिविरमा रहेका १० जना खेलाडी बाहिरिएपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १७ जना खेलाडीलाई थपेका छन् ।

यसअघि २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकामा १० जना खेलाडी अल्मुताइरीसँगको विवादपछि टिमबाट बाहिरिएका छ्न् । तीबाहेक कप्तान किरण चेम्जोङ विदेशमा छन् भने देवेन्द्र तामाङ आफन्त विरामी भएका कारण बन्द शिविर सहभागी हुन सकेका छैनन् ।

कप्तान किरन चेम्जोङले पनि बाहिरिएका खेलाडीको पक्षमा बोलेपछि उनी पनि टोलिमा नपर्ने संकेत देखिएको छ । अब्दुल्लाहले अनुभवी गोलकिपर विकेश कुथुसहितलाई बन्द शिविरमा बोलाएका छन् । यद्यपी चेम्जोङ र तामाङको विषयमा केही बाहिर आएको छैन ।

नेपाली टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले भने, देवेन्द्र र किरण नहुँदा २३ जना बन्द शिविरमा थिए । १० जनाले छाडेपछि १३ जना मात्र बन्द शिविरमा रहेकामा १७ जना थपिएपछि किरण र देवेन्द्रबाहेक ३० जना पुगेको छ ।

उनले बन्द प्रशिक्षणका लागि थपिएकामध्ये विकेश र आशिष चौधरी सहभागी हुन बाँकी रहेको बताए। यसअघि विकेशले आन्दोलित खेलाडीलाई साथ दिएको देखिएको थियो ।

हाम्रो बोलाउने काम हो, उपाध्यायले भने । थप गरिएका खेलाडीमा करिब आधा जति विभागीय टिमका हुन् भने सि डिभिजन क्लबबाट खेलिरहेका खेलाडीलाई पनि बोलाइएको छ ।

आर्मीका जर्ज प्रिन्स कार्की, विकेश कुथु, सेसेहाङ राई र विकाश तामाङ तथा नेपाल पुलिस क्लबका निरकुमार राई र एपीएफका राजन गुरुङ बोलाइएका छन् ।

बी डिभिजनमा झरेको बिग्रेड ब्वाइजका रोशन राना मगर तथा बि डिभिजन क्लबहरु भगवतीका सुनिल श्रेष्ठ र चर्च ब्वाइजका आशिष चौधरीलाई पनि बन्द शिविरमा बोलाइएको छ ।

सातदोबाटो युथका सुशिल राई र आकाश बुढामगर, जावलाखेल युथ क्लबका रुपबहादुर लामा र अभिषेश बराल, मनाङ मर्स्याङ्दीका विशाल सुनार, थ्रिस्टारका सन्जोग राई र एनआरटीका शिव गुरुङलाई पनि बन्द प्रशिक्षणमा बोलाइएको छ ।

IME
khanepani