काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

श्रमिक दिवसमा राष्ट्रपतिसँगै विभिन्न दलका शीर्ष नेताको शुभकामना, मजदुरको प्रशंसा

4.43K
shares
khanepani bord

काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना सन्देश दिएका छन् ।

श्रममन्त्री किसान श्रेष्ठ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि श्रमिक दिवसको अवसरमा शुभकामना दिएका छन् । उनीहरुले आफ्नो सन्देशमा श्रम सम्मान गर्दै राजनीतिक परिवर्तनका लागि श्रमिकले निर्बाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारीले भनेकी छन्– अन्तर्राष्ट्रिय श्रमिक दिवसले मर्यादित श्रम, उचित पारिश्रमिक एवम् सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

त्यस्तै नेकपा एमाले अध्यक्षले जारी गरेको सन्देशमा भनिएको छ– मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२२ को अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

श्रममन्त्री किसान श्रेष्ठले भनेका छन्– अन्तर्राष्ट्रिय श्रमिक दिवसले कामको सम्मान गर्ने संस्कृति विकास गर्न, श्रमिक अधिकार सुनिश्चित गर्न र मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ सवैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्दै पुनस् शुभकामना प्रकट गर्दछु ।

IME
khanepani