काठमाडौंको मित्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भिर घाइते

काठमाडौं । काठमाडौंको मित्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जना चालक गम्भिर घाइते भएका छन् ।

बा ७५ प ६७७२ नम्बरको मोटरसाइकल आज बिहान साढे ३ बजे दुर्घटना हुँदा कैलाली घर भई हाल कीर्तिपुर बस्ने ३० वर्षीय जयप्रकाश सापकोटा घाइते भएका हुन् । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

सडक छेउमा रहेको सडक निर्माणमा प्रयोग हुने मेसिनमा ठोक्किएर सापकोटाले चलाएको मोटरसाइकल पल्टिएको थियो ।

१८,बैशाख.२०७९,आईतवार १०:२४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्