काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

९ महिनामा १ हजार व्यापारिक फर्मलाई कारबाही, झण्डै सवा करोड राजस्व संकलन

4.36K
shares
khanepani bord

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गरेको छ । विभिन्न बहानामा अस्वभाविक मूल्यवृद्धि गर्ने र प्रतिबन्धित सामग्रीको बिक्री वितरण गर्नेहरुलाई कारबाही गरेको हो ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा २ हजार १८७ वटा व्यापारिक फर्महरुमा अनुगमन गरी कैफियत देखिएका १ हजार १२ फर्मलाई कारबाही भएको छ । कारबाहीबाट १ करोड १८ लाख ८७ हजार ५ सय रुपैयाँ जरिवाना गरेको विभागले बताएको छ ।

विभागका महानिर्देशक लिला प्रसाद शर्माले कुनै पनि बहानामा उपभोक्तालाई मर्का पर्ने गरी अवाञ्छीत क्रियाकलाप गरेको पाइएमा विभागले कडा कारबाही गर्ने बताए ।

उनले हाल दैनिक कम्तिमा ४ वटा अनुगमन टोलीले बजार अनुगमनको काम गरिरहेको र गलत कार्य गरेको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम सजाय तथा जरिवाना हुने स्पष्ट पारे ।

महानिर्देशक शर्माले आम उपभोक्तालाई पनि कोही कसैबाट अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएमा तत्काल स्थानीय तह, स्थानीय प्रशासन, हेलो सरकार वा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिनसमेत अपिल गरेका छन् ।

विभागको अनुगमन टोलीले बजारमा ग्यासको अभाव भएको जनगुनासोबारे नजिकबाट अनुगमन गर्दा कैफियत देखिएका विभिन्न ग्यास डिपोहरुलाई कारबाही गरेको छ ।

नेपालमा आयात प्रतिबन्धित इनर्जी ड्रिङ्स खुलेआम बिक्री वितरण गर्ने विभिन्न पसललाईसमेत कारबाही गरेको छ ।

विभागले गत चैत महिनामा पनि हार्डवेयर १३, खाद्यवस्तु २१, अन्य ६, तरकारी तथा फलफूल ५, किराना पसल ४, ग्यासका तीन, मार्ट÷मिनिमार्ट तीन, डिपार्टमेन्ट स्टोर दुई, मदिरा एवम् सुर्तिजन्यका दुईटा गरी एक सय ५० वटा फर्ममा अनुगमन गरेको थियो ।

त्यसैगरी जुत्ता चप्पलका एक, फर्निचर एण्ड फिक्वर्सका एक, डेरी प्रोडक्टका एक, कस्मेटिकका एक र अटो पार्ट्सको एक फर्ममा अनुगमन गरेकोमा ७४ वटालाई जरिवाना गरिएको र २४ लाख ८१ हजार मूल्य बराबरका ११ वटा फर्मको सामान नष्ट गरिएको महानिर्देशक शर्माले जानकारी दिए ।

IME
khanepani