अप्रिलमा घट्यो पर्यटक आगमन, ३५ हजार मात्र आए

Salina Dhungel
salinadhungel@nepalijanta.com

काठमाडौं । सन् २०२२ को चौथो महिना (अप्रिल)मा अघिल्लो महिना (मार्च)को तुलनामा पर्यटक आगमन घटेको छ ।

मार्चमा कोरोना भाइरसको महामारी सुरु भएयता कै सर्वाधिक (४२ हजार ६ जना) संख्यामा पर्यटक आएका थिए । तर, अप्रिलमा भने पर्यटक आगमन मात्र ३५ हजार ८७१ जना रहेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ । सन् २०२१ मा कोरोना भाइरसको महामारीको प्रभाव उच्च थियो । सो वर्षको चौथो महिनामा आगमन मात्र १ हजार ४६८ जना रहेको थियो ।

सन् २०२० मा नेपालमा लकडाउन रहेको थियो । कोरोनाको प्रभाव नरहेको वर्ष सन् २०१९ मा भने पर्यटक आगमन अप्रिलमा मात्र १ लाख ९ हजार ३९९ जना रहेको थियो ।

यस महिनामा नेपालबाट ५२ हजार ६६३ जना पर्यटक बाहिरिएका छन् । अघिल्लो महिना पर्वतारोहणमा आउने पर्यटकका कारण संख्या ह्वात्तै बढेको थियो ।

सन् २०२२ मा कुन महिनामा कति पर्यटक आए ?

जनवरी : १६,९७५
फेब्रुअरी : १९,७६६
मार्च : ४२,००६
अप्रिल : ३५,८७१

यो पनि पढ्नुहोस  नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काम गुमाएका श्रमिक र विपन्न किसानलाई मासिक ५ हजार दिन सरकारसँग प्रस्ताव
१९,बैशाख.२०७९,सोमबार १३:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: