काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

स्थापितको बचाउ गर्दै बाल संगठनकी अध्यक्षले भनिन्- भ्रमको खेती गर्ने महिलाको पक्षमा किन उभिने ?

4.16K
shares
khanepani bord

काठमाडौं । नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपानेले महिला भन्दैमा कानूनले दिएको अधिकारको दुरुपयोग गरेर अरुमाथि आरोप लगाउनेको पक्षमा उभिन नसकिने बताएकी छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा न्यौपानेले केशव स्थापितमाथि आरोप लगाउने महिलाले चरित्रहत्याको सहारा लिएर महिला पक्षीय कानूनको दुरुपयोग र बदनाम गर्न खोजेको टिप्पणी गरिन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का मतदाता समक्ष उभिएका केशव स्थापित समेत सामेल रहेको कार्यक्रममा न्यौपानेले आफूले २०५४ सालमा स्थापितसँगै महानगरपालिकामा काम गरेको भन्दै ४२ जना महिला जनप्रतिनिधिले कहिल्यै पनि स्थापितबाट अनादर नभएको बताइन् ।

न्यौपानेले भनिन्–म एक महिला अधिकारकर्मी पनि हुँ । कानूनले दिएको अधिकाारको कसैले दुरुपयोग गर्छ भने त्यस्ता महिलाको पक्षमा उभिनु हुँदैन । म पनि २०५४ मा काठमाडौं महानगरको बोर्डमा थिएँ । मेयर स्थपितको त्यस्तो बानी भए मलाई पनि दुर्वचन बोल्नुहुन्थ्यो होला तर दिदीजस्तो मर्यादामा राखेर आदर गर्नुभयो । अलि ठूलो स्वरले बोल्दा बरु मैले मेयरसाब पदको ख्याल गर्नुस् है भन्थेँ । उहाँ त्यस्तो मान्छे होइन,चुनावमा कोही महिला प्रयोग हुनु ठिक होइन ।

न्यौपानेले आफूसहित ४२जना महिला सदस्यमा हालकी उपमेयर हरिप्रभा खड्गी पनि रहेको भन्दै आफूहरुले स्थापितबाट कहिल्यै गलत व्यवहार र हेपाइ नभोगेको दावी गरिन् । उनले कसैलाई आक्षेप लगाउनु र प्रमाणित गर्न फरक रहेको भन्दै स्थापितविरुद्ध योजनाबद्ध रुपमा चुनावी अस्त्र बनाउँन खोजिएको आरोप लगाइन् ।

न्यौपानले भनिन्–आफू अब्बल नहुने मान्छेले पुल डाउन गर्छ भने महिला अधिकारको दुरुपयोग हो । भ्रमको खेति गर्ने महिलाको पक्षमा हामी कसरी उभिन सक्छौं ? बाल संगठनको सयौं रोपनी जग्गा सिर्जना सिंहको परिवारले दुरुपयोग गरेको भन्दै न्यौपानेले सबै प्रमाणहरुसहित अख्तियारमा पठाइएको बताइन् ।

IME
khanepani