काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

६५ जिल्लामा मतपत्र ढुवानी, शुक्रबारसम्म देशभर नै ढुवानी सकिने

5.53K
shares
khanepani bord

काठमाडौं । स्थानीय तहकाे निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र छपाइ भएकाे छ । लक्ष्यअनुसारकाे मतपत्र छपाइ सकिएर निर्वाचन आयोगलाई बुझाइएकाे छ ।

आयोगको उपसचिव ऋषिराम भुषालकाअनुसार लक्ष्यअनुसारको मतपत्र छपाई कार्य सम्पन्‍न गरी केही पालिकाको पुनः छाप्नुपर्ने मतपत्रको छपाई कार्य भइरहेको छ । पुनः छपाई भइरहेको मतपत्र पनि अब केही दिनमा सम्पन्न हुने उनले जानकारी दिए ।

आयोगले हालसम्म ६५ जिल्लामा मतपत्र ढुवानी गरिसकेको जनाएको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाकाअनुसार अब मधेस प्रदेशका ८ जिल्ला, बागमती प्रदेशको चितवन र प्रदेश १ को मोरङमा मात्र मतपत्र ढुवानी
गर्न बाँकी रहेको छ ।

शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ ।

IME
khanepani