सुनको मूल्य एकैदिन तोलामा १४ सय रुपैयाँले बढ्यो

नेपाली जनता
nepalijanta73@gmail.com

काठमाडौं । बिहीबार एकैदिन सुनको मूल्य तोलामा एक हजार ४ सय रुपैयाँले बढेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार भनै एकै पटक धेरै मूल्यले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ थियो ।

यस्तै आज तेजावी सुनको मूल्य ९८ हजार एक सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १३ सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस  राष्ट्रिय वाणिज्य बैंकले कमायो ३ अर्ब ७९ करोड मूनाफा
२२,बैशाख.२०७९,बिहीबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: