काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

शेखर कोइरालालाई देउवाले फोन गरेर बोलाए भरतपुर

5.41K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुरको सभामा आउन नेता डा. शेखर कोइरालालाई आग्रह गरेका छन् । तर कोइरालाले ढिलो खबर आएको र आफू पूर्वनिर्धारित कार्यक्रममा विराटनगरमा व्यस्त भएको भन्दै भरतपुर नजाने जवाफ दिएका छन् ।

बिहीबार बिहान सभापति देउवाले नेता कोइरालालाई फोन गरी भरतपुर आउन आग्रह गरेका थिए । सभापति देउवासँग फोनमा भएको संवादबारे कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने, ‘सभापतिले फोन गरेर भरतपुरको कार्यक्रममा आइदिनपर्यो भन्नु भयो । कार्यव्यस्तता भएकाले आउन नसक्ने जानकारी दियौं ।’

सत्ता गठबन्धनले आज भरतपुरमा सभा गर्न लागेको छ । त्यसका लागि प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेल भरतपुर पुगिसकेका छन् ।

पार्टीको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लाई उपस्थित हुने जनाएको थियो । उपस्थित हुने नेतामा डा. शेखरको नाम भने पूर्वनिर्धारण गरिएको थिएन ।

IME
khanepani