काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

प्रचण्डले भने– जय नेपाल र लालसलामबीच सहकार्य जरुरी छ

5.76K
shares
khanepani bord

भरतपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाल सलाम र जय नेपालको सहकार्य जरुरी रहेको बताएका छन् ।

भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गरेका हुन् ।

‘लाल सलाम र जय नेपालको सम्बन्धको सुरुआत २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट सुरु भएको हो । त्यसभन्दा अगाडि वामपन्थी र प्रजातन्त्रवादीबीच सहकार्य हुने विषय अलि नकारात्मक मानिन्थ्यो । २०४६ सालको जनआन्दोलनको सन्दर्भमा हँसिया हथौडा र चार तारे झण्डा एकसाथ भएपछि मात्रै प्रजातन्त्र पुनः स्थापना भयो’, उनले भने ।

नेपालमा अझै पनि वाम–लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेकोमा दाहालले जोड दिए ।

IME
khanepani