काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

बुटवलमा देउवाले भने– संसद चल्न नै नदिने, भंग गरेको गरेयै गर्ने पार्टीलाई चुनाव जिताएर के गर्ने ?

5.38K
shares
khanepani bord

बुटवल । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थाले जथाभावी संसद भंग गर्ने छुट नदिएको बताएका छन् । विपक्षीले विरोध गरेकै झोंकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईदुई पल्ट संसद विघटन गरेको उनको आरोप छ ।

‘विरोध गर्नकै लागि प्रजातन्त्र हो । अरूले प्रतिपक्षले विरोध गरिहाले संसद भंग गरिदिने ?,’ बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘अहिलेको संविधानले रहरका आधारमा, लहडका आधारमा जथाभावी संसद भंग गर्नै पाउँदैन । ओलीजी पार्लियामेन्ट चल्न नि नदिने, भंग गरेको गरेयै गर्ने, उहाँँको पार्टीलाई जिताएर के गर्ने ?’

अहिलेको गठबन्धन प्रजातन्त्रको रक्षाका लागि नै रहेको प्रधानमन्त्री देउवाले दाबी गरे । पार्टीको महाधिवेशनमा पनि आफूले गठबन्धन गरेर देशलाई निकास दिने वचनका साथ मत बटुलेको उनको भनाइ छ ।

पाँचदलीय गठबन्धनको सहयोगमा आफू प्रधानमन्त्री भएपछि जनताले राहतको सास फेरेको उनको दाबी छ । ‘अहिले सरकारबाट केही कुनै त्रास छैन । बोल्न लेख्न दिइएको छ’, उनले भने, ‘ओली सरकारमा कर्मचारी, पुलिस सबै थर्कमान, जनता थर्कमान ।’

प्रजातन्त्रको भविष्यका लागि स्थायी रुपमा कसैले शंका गर्न नसक्ने ठाउँँमा ल्याउन गठबन्धन आवश्यक रहेको उनले बताए ।

IME
khanepani