रामचन्द्रको टिप्पणी- व्यवस्था खलबल्याउन ०१७ मा महेन्द्र, ०५९ मा ज्ञानेन्द्र र अहिले केपीले भूमिका खेले

रुपन्देही । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको घरघरमा पुग्ने नेतालाई जिताउन आग्रह गरेका छन् ।

आज बुटवलमा भएको गठबन्धन सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने- राजनीतिक स्थिरता नभएकाले विकास भएन, यति लामो संघर्षले यो व्यवस्था ल्याऔँ, समाजवाद ल्याउँछौ भनेर संविधान बनाऔँ, साझा दस्ताबेज भनेर बनायौँ तर यो बीचमा त्यो व्यवस्था खलबलाउन केपी ओलीलाई प्रयोग गरियो, उहाँ निमित्त नायक हुनुभयो, महेन्द्रले १७ सालमा गरे, ज्ञानेन्द्रले ०५९ सालमा गरे ।

पौडेलले यसपछिको चुनावसम्म एमाले र ओलीलाई अगाडि जान नदिन गठबन्धन चाहिएको बताए ।

उनले भने – उहाँहरूलाई पठाए संसद् चल्नै नदिने, अदालतमा काम गर्न नदिने, बाहिर चर्का कुरा गर्ने, भित्र नेपालीलाई राष्ट्रवादका नाममा धोका दिने गरे ।

पौडेलले गठबन्धनलाई जिताएर प्राप्त अधिकारको रक्षा गर्नुपर्ने उल्लेख गर्दै प्रतिक्रियावादीको नाइके ओली नेतृत्वको पार्टीलाई पुछारमा पुर्‍याउनुको विकल्प नभएको बताए ।

२४,बैशाख.२०७९,शनिबार १४:४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्