काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

पाँच वर्षका उपलब्धिको फेहरिस्त गर्वका साथ प्रस्तुत गर्न सक्छौं : रेनु दाहाल

5.08K
shares
khanepani bord

काठमाडौं । भरतपुर महानगरमा सत्ता गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले आफ्नो पाँच वर्षको कार्यकाल उपलब्धिपूर्ण बनेको बताएकी छन् । आफूले यो अवधिमा कुनै पनि भेदभावबिना सबै वडाहरूमा समान विकास गरेको उनको दाबी छ ।

आफ्नो चुनावी अभियानका क्रममा आज आयोजित एक कार्यक्रममा दाहालले महानगरमा आफूले गरेका कामको फेहरिस्त जनतामा गर्वका साथ सुनाउन सक्ने बताइन् ।

उनले भनिन्, ‘पाँच वर्षमा जे जति काम गरेका छौं, हामीले शिर झुकाउनुपर्ने अवस्था छैन । आँखामा आँखा राखेर, छातीमा हात राखेर गर्वका साथ हामी जनताका बीचमा र प्रतिपक्षका बीचमा समेत हाम्रा उपलब्धिका फेहरिस्त प्रस्तुत गर्न पाइरहेका छौं ।’

स्थानीय तह भनेको राजनीति गर्ने थलो नभएको अनुभव उनले सुनाइन् । आफ्नो कार्यकालमा कुनै राजनीतिक पूर्वाग्रह नराखिकन जनतालाई प्रत्यक्ष सेवा दिन तल्लिन रहेको उनको भनाइ छ ।

‘स्थानीय तह भनेको राजनीति गर्ने, झैझगडा गर्ने थलो होइन । राजनीति गर्ने अरु ठाउँ छन् । स्थानीय तहले जनतालाई प्रत्यक्ष सेवा दिने हो । विकासका काम गर्ने हो । त्यो हामीले गर्‍यौं,’ उनले भनिन् ।

आफ्नो कार्यकालमा कुनै पनि वडा अध्यक्षले मेयरबाट भेदभाव भएको महसुस नगरेको पनि दाहालले बताइन् ।

‘मेयरले आफ्नो पार्टीले जितेका वडामा मात्रै बजेट दिएर आफूलाई भेदभाव गरेको गुनासो कुनै वडाध्यक्षले गर्नुपरेको छैन,’ उनले भनिन्, ‘हामीले सबै वडाहरुमा समानरुपमा विकासका कामहरु अगाडि बढाएका छौं ।’

दाहालले देशमा केपी ओलीको ज्यादती बढेकाले गठबन्धन बनाउनु परेको बताइन् ।

उनले भनिन्, ‘केपी ओलीका प्रतिगमनकारी कदमका विरुद्ध मुलुकको आवश्यकताअनुसार शान्ति र संविधान रक्षाका लागि पाँच दलीय गठवन्धन बनेको छ । ७४ सालको चुनावमा पनि कांग्रेस र हामी सँगै थियौं, अहिले पनि सँगै छौं ।’

IME
khanepani