भोजपुरमा एमाले उम्मेदवारमाथि खुकुरी प्रहार

Salina Dhungel
salinadhungel@nepalijanta.com

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमालेबाट महिला सदस्यको उम्मेदवारमाथि खुकुरी प्रहार गरिएको छ ।

गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङमाथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिए ।

प्रहरीका अनुसार तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको छ । घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीको भनाइ छ । उपचारपश्चात घाइते तामाङको स्वास्थ्य अहिले सामान्य छ ।

यसैबीच षडानन्द नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर तामाङमाथिको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले निर्वाचन प्रभावित पार्न कुनै अनैतिक घटना हुन नदिन आव्हान गर्दै संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

यो पनि पढ्नुहोस  अध्यक्ष तिमिल्सिना र फ्रान्सको संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता
२५,बैशाख.२०७९,आईतवार १४:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: