गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

प्रचण्डले मागे गठबन्धनका बागी उम्मेदवारलाई मत

4.84K
shares
khanepani bord

धनगढी । सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न कैलाली आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागी उम्मेदवारका लागि मत मागेका छन् ।

सोमबार बिहान कैलारी कैलारी गाउँपालिकामा माओवादी केन्द्रले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनकै बागी उम्मेदवारलाई मत मागेका हुन् ।

‘यो परिवर्तनको रक्षाको लागि हाम्रो पार्टीका अध्यक्षका उम्मेदवार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेदवार लक्ष्मी सत्गौवा (चौधरी)लगायतको टोलीलाई अत्यधिक बहुमत विजयी गराउनुस् भन्न चाहन्छु’, उनले भने, ‘उहाँहरूको टीमले विगतमा पनि राम्रो काम गरेको थियो, आउने दिनमा पनि राम्रो काम गर्ने विश्वास व्यक्त गर्दछु ।’

कैलालीमा गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार कैलारी गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । माओवादीले अध्यक्षमा अघिल्लो निर्वाचनमा पनि विजयी भएका लाजुराम चौधरी र उपाध्यक्षमा कांग्रेसले भगवती चौधरीलाई साझा उम्मेदवारका रुपमा अघि सारेको छ ।

तर उपाध्यक्षमा माओवादी केन्द्रकी लक्ष्मी चौधरीले बागी उम्मेदवारी दिएकी छन् । उनी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष हुन् ।

प्रचण्डले गठबन्धन गर्नु भनेको झुक्नु नभएको टिप्पणी गर्दै भने, ‘गठबन्धन गर्नुको अर्थ सबै ठाउँमा झुक्नु होइन । गठबन्धन क्लियर भएको छैन, उम्मेदवार जुनसुकै रूपले अगाडि आए पनि हाम्रो पार्टीका उम्मेदवारलाई अत्यधिक बहुमतले जिताउन अपिल गर्दछु ।’ उनले पटक–पटक लाजुराम र लक्ष्मीलाई विजयी गराउन आग्रह गरेका थिए ।

लक्ष्मी चौधरीलाई गठबन्धनको आधिकारिक उम्मेदवार नभएको भन्दै यसअघि कारबाही गरिएको थियो तर प्रचण्डले भने उनै चौधरीका लागि मत मागेका हुन् । उनले गठबन्धनमा धोका र बेइमानी स्वीकार्य नहुने समेत बताएका छन् ।

IME
khanepani