काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले दिए राजीनामा

5.16K
shares
khanepani bord

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपक्षेले पदबाट राजीनामा दिएका छन् । सरकारविरुद्ध प्रदर्शन जारी रहँदा प्रधानमन्त्री राजपक्षेले पदबाट राजीनामा दिएका हुन् । उनले राष्ट्रपति गोटाबाया राजपक्षेलाई राजीनामा पठाएका हुन् ।

देशमा अभूतपूर्व आर्थिक संकटविरुद्ध प्रदर्शन गरिरहेका मानिसहरुले राष्ट्रपति गोटाबाया राजपक्षे र उनको मन्त्रिमण्डलमाथि राजीनामा दिन दबाब दिइरहेका छन् ।

श्रीलंका सरकारले हाल देशमा संकटकाल लागू गरेको छ। स्थानीय मीडिया रिपोर्टहरुका अनुसार राष्ट्रपति भवनमा गोटाबायाको नेतृत्वमा भएको बैठकमा सहभागी महिन्दा राजपक्षेसँग राजीनामा दिन अनुरोध गरिएको थियो। जसलाई उनले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

श्रीलंकामा क्याविनेटले प्रधानमन्त्री राजपक्षेले देशको खराब आर्थिक अवस्थालाई सम्हाल्न असफल भएका कारण राजीनामा दिएको जनाएको छ। उनको राजीनामा सँगै मन्त्रिमण्डल भंग भएको छ ।

श्रीलंकामा खाद्यान्न, पेट्रोल र औषधिको ठूलो मात्रामा कमी रहेको छ । स्वतन्त्रतापछि श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको छ । आर्थिक स्रकट चुलिएसँगै श्रील्रकाको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

IME
khanepani