काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावीसभा गर्दै एमाले, पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने

4.65K
shares
khanepani bord

काठमाडौं। नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्ने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्न लागिएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।

‘‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागेका हौं।’

आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।

‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौं’ काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाले भने ।

IME
khanepani