काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

रोल्पामा माओवादीको खुकुरी प्रहारबाट कांग्रेसका दुई कार्यकर्ता घाइते, एकको अवस्था गम्भीर

4.81K
shares
khanepani bord

रुपन्देही । सोमबार राति रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका छन् ।

गङ्गादेव गाउँपालिका–५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीको समूहले खुकुरी प्रहार गर्दा नेपाल तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा घाइते भएका छन् ।

कमलको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका मनबहादुरलाई नेपालगञ्ज रेफर गरिएको छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । केही समयमा पार्टीका नेताहरू आएपछि घटनाबारे छानबिन सुरू गरिने प्रहरीले जनाएकोे छ ।

गएको हप्ता पनि वाईसीएलको आक्रमणबाट रोल्पाको माडी गाउँपालिका–४ का कांग्रेसका वडाध्यक्ष उम्मेदवार निमबहादुर डाँगी घाइते भएका थिए ।

IME
khanepani