म फूलजस्तै कोमल छु, मेरो बोली बचनले कसैलाई दुःखेको भए माफी माग्छु : स्थापित

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बनेका केशव स्थापितले आफ्नो अभिव्यक्ति र हाउभाउका कारण कसैलाई चित्त दुःखेको भए माफी दिन सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै स्थापितले मेयर हुने मान्छेले माफी माग्न सिक्नुपर्छ भन्दै बोलेर वा हाउभाउले केही भएको भए सबैसँग माफी माग्ने बताए ।

स्थापितको अभिव्यक्तिलाई लिएर कतिपयले विरोध गरिरहेका बेला उनले आफू फूलजस्तो कोमल हृदयको मान्छे भएको भन्दै जनताको सेवक बन्ने बताए ।

स्थापितले भने– सबै दिदी बहिनीहरू र मेरो बोली हाउभाउले चित्त दुखेको भए सबैसँग म माफी माग्छु । मेयर हुने मान्छेले माफी माग्न सिक्नुपर्छ । म फूल जस्तो मान्छे हुँ । विपक्षीले एमालेमाथि प्रहार गर्दा कहीँ कतै एग्रेसिभ भएँ होला तर सबैसँग माफी माग्छु ।

२७,बैशाख.२०७९,मंगलवार १६:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्