इञ्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको विमान काठमाडौं फर्केर आकस्मिक अवतरण

काठमाडौं । इञ्जिनमा समस्या आएपछि श्री एयरलाइन्सको विमान काठमाडौंमा आकस्मिक अवतरण गरिएको छ ।

काठमाडौंबाट धनगढीको लागि उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।

८० जना यात्रुसहित धनगढी गएको उक्त विमानको बायाँ इञ्जिनमा समस्या आएपछि काठमाडौंमै फर्काएर आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

यो पनि पढ्नुहोस  शैलेश थापा क्षेत्री प्रहरीका नयाँ आइजिपी नियुक्त
२८,बैशाख.२०७९,बुधबार १२:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: