काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

कुलमानको नक्कली ट्वीटर ह्याण्डलबाट निर्वाचनबारे गलत सूचना सम्प्रेषण

3.94K
shares
khanepani bord

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नक्कली ट्वीटर अकाउन्टबाट स्थानीय तह निर्वाचनसम्बन्धी गलत सूचनाहरु सम्प्रेषण भइरहेको जनाएका छन् ।

घिसिङले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएको नक्कली ट्वीटर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचनाहरु सम्प्रेषण भइरहेको जनाएका हुन् ।

उनले उक्त ट्वीटर ह्याण्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्ने अनुरोधसमेत गरेका छन् । घिसिङले आफू निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनसम्बन्धी आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने यस्ता क्रियाकलाप नगर्नसमेत आग्रह गरेका छन् ।

‘मेरो आधिकारिक ट्वीटर ह्यान्डल @KMGhising रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीटर ह्यान्डल नभएको व्यहोरा प्रस्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाहरुको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु’, कार्यकारी निर्देशक घिसिङले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको आचारसंहिताको पूर्ण रुपमा पालना गरिरहेको एक जिम्मेवार पदाधिकारीलाई विवादमा ल्याउने गरी यस्ता क्रियाकलापहरु नगरी दिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

IME
khanepani